कंगनाविरूद्ध राजद्रोहको मुद्धा

मुम्बई प्रहरीले अभिनेत्री कंगना रनौटविरूद्ध राजद्रोहको मुद्धामा बुधबार तेस्रो पल्ट पत्र काटेको छ। 

कंगना र उनको बहिनी रंगोली चन्देललाई २३–२४ नोभेम्बरमा सोधपुछका लागि बान्द्रा पुलिस स्टेशनमा उपस्थित हुन मुम्बई प्रहरीले पत्र काटेको हो।
 
दुबैविरूद्ध १७ अक्टुबरमा ब्रान्दा पुलिस स्टेशनमा उजुरी परेको थियो। 

यसअघि कंगनासँग सोधपुछका लागि २६ अक्टुबर र ३ नोभेम्बरमा मुम्बई प्रहरीले पत्र पठाएको थियो। 

उनले भाईको विवाह भएको भन्दै १५ नोभेम्बरपछि मात्र उपस्थित हुने बताएकी थिइन। 

दुबै दिदी–बहिनी हाल हिमाचलमा छन्। कंगनाविरूद्ध विशेष समुदायका लागि आपत्तिजनक शब्द प्रयोग गरेको आरोपमा मुद्धा दर्ता भएको थियो।

प्रकाशित मिति: : 2020-11-19 11:27:00

प्रतिकृया दिनुहोस्