सुशान्तको निधनमा ‘फेक न्युज’ गरेको आरोपमा बिहारबाट एक युट्युबर पक्राउ

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ‘फेक न्युज’ युट्युबमा पोस्ट गरेर चार महिनामा १५ लाख कमाउने एक युट्युबरलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ। 

शिव सेनाको कानुनी सेलका वकिल धर्मेन्द्र मिश्राको मुद्धाको आधारमा मुम्बई प्रहरीले बिहारबाट ती युट्युबरलाई प्रक्राउ गरेको हो। 

पक्राउ परेका आरोपी २५ वर्षीय राशिद सिद्धिकी भएको बताइएको छ। उनी पेशाले सिभिल इन्जिनियर हुन्। युट्युबमा ‘एफएफ न्युज’ नामको च्यानल सञ्चालन गरेर उनले ‘फेक न्युज’ चलाएका थिए।

उनीविरूद्ध मानहानी र जानीबुझी अरूलाई अपमान गर्न खोजेको आरोप लागेको छ। यद्यपि अदालतले उनलाई अग्रिम जमानत दिएको छ। 

उनले मुम्बई प्रहरी, महाराष्ट्र सरकार, मन्त्री आदित्य ठाकरे र अभिनेता अक्षय कुमारविरूद्ध समाचार बनाएका थिए। जसमा लाखौं व्यक्तिले हेरेको बताइएको छ। 

सिद्धिकीको सुशान्तको निधन हुनुअघि २ लाख सब्सक्राइभर भएको तथा सुशान्तको निधनपछि ३ लाख ७० हजार पुगेको बताइएको छ। 

अभिनेता अक्षय कुमारले पनि सिद्धिकीविरूद्ध ५ सय करोडको मानहानी दावी गरेका थिए।

प्रकाशित मिति: : 2020-11-19 15:32:00

प्रतिकृया दिनुहोस्