अमेरिकी सिने नायक जोर्डनलाई सबैभन्दा ‘सेक्सी पुरुष’को पदवी

पिपुल म्यागजिनले अमेरिकी सिने नायक माइकल बि जोर्डनलाई सन् २०२० को सबैभन्दा ‘सेक्सी पुरुष’को पदवी दिएको छ।

९ फ्रेबुअरी १९८७ मा जन्मेका नायक जोर्डनको ब्ल्याक प्यान्थर, फ़ेण्टास्टिक फोर, क्रोनिकल जस्ता सफल र चर्चित सिनेमा प्रदर्शन भएको छ।

माइकललाई यो पदवी मंगलबार एबीसी टेलिभिजनको ‘जिम्मी किमल लाइभ नामक शो’मा प्रदान गरिएको हो।

यो पदवी प्राप्त गरेपछि नायक जोर्डनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्–‘मैले यो पदवी पाएकोमा मेरो हजुरआमाले स्वर्गबाट हेरेर यो मेरो बच्चा हो भन्दै होलिन।’

प्रकाशित मिति: : 2020-11-20 11:35:00

प्रतिकृया दिनुहोस्