पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोबीच विवाह

File photo
File photo

पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोले इन्स्टाग्राममा गोप्य रूपमा विवाह गरेको घोषणा गरेका छन्।

मारियाना भेरेला र फाबियोला भ्यालेन्टिना थाइल्याण्डमा २०२० मिस ग्रान्ड इन्टरनेशनल प्रतियोगितामा भेटेका थिए। यी दुईले अर्जेन्टिना र पोर्टो रिकोको सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गरेका थिए। दुई सुन्दरीहरू पहिलेदेखि नै सँगसँगै थिए।

सोमबार एउटा इन्स्टाग्राम पोस्टमा फेबिनाले स्पेनिस भाषामा लेखेकी छिन्, ‘ हाम्रो सम्बन्धलाई गोप्य राख्ने निर्णय गरेपछि हामी तपाइँको लागि विशेष दिनमा ढोका खोल्दैछौं ’, उनले लेखेकी छन्। 

प्रकाशित मिति: : 2022-11-03 13:11:00

प्रतिकृया दिनुहोस्