थाइल्यान्डमा नेपालीहरू तीज मनाउँदै

बिएल संवाददाता

बैंकक, थाइल्यान्ड
BreaknLinks
BreaknLinks

थाई नेपाली संघ बैंकक शाखा, महिला विभागले हरितालिका तीजको अवसरमा थाइल्यान्डमा भव्य कार्यक्रम गर्ने भएको छ।

बैंककको क्वेनाम्थाई भवनमा आयोजित दर खाने कार्यक्रममा चर्चित नेपाली गायक–गायिका र स्थानीय ‘नेपालीभाषी थाई कलाकार’हरूले थाई नेपालीहरूमा रौनक थप्नेछन्।

१७ सेप्टेम्बर आइतबारका दिन हुनलागेको तीज कार्यक्रमको तयारी पूरा भइसकेको थाई नेपाली संघ बैंकक शाखा, महिला विभाग प्रमुख संगीता कार्कीले बताएकी छिन्।

थाइल्यान्डवासी नेपाली दाजुभाइ–दिदीबहिनीलाई तीज कार्यक्रमका दिन उपस्थित भइदिन थाई नेपाली संघ बैंकक शाखाले अनुरोध गरेको छ। 

थाई नेपाली संघले विगतझैँ नेपाली संस्कृतिको जगेर्ना गर्ने उदेश्यअनुरुप तीज कार्यक्रम गर्न लागेको बैंकक शाखा महिला विभाग प्रमुख कार्कीले बताइन्।

‘सबैजनालाई हरितालिका तीजकाे कार्यक्रममा निम्तो छ। सँगसँगै तीज पर्व मनाउनुपर्छ। दिदीबहिनीहरूले दुःख पोख्दै दाजुभाइसँग दर खाँदै, नाच्दै–गाउँदै रमाउनुपर्छ,’ उनले भनिन्।

प्रकाशित मिति: : 2023-08-28 16:36:00

प्रतिकृया दिनुहोस्