१५ लाख कमाएका युटुबरलाई अक्षयले हाले ५ सय करोड रुपैयाँको मुद्धा

बलिउड नायक अक्षय कुमारले एक युटुबरमाथि ५ सय करोड रुपैयाँको मानहानीको केस दर्ता गराएका छन्।

बिहारमा बसेर एफएफ न्यूज नामबाट युटुब च्यानल संचालन गरिरहेका २५ बर्षका राशिद सिद्दिकीविरुद्ध उनले मुद्धा हालेका हुन्।

अक्षयका अनुसार  नायक सुशान्त सिंह राजपुतको निधनपछि रशिदले झुटो भिडियो बनाएका थिए।

भिडियोमा राशिदले सुशान्तको निधनपछि सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडा भागाउन अक्षयले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे र उनका छोरा आदित्यसँग गोप्य रुपमा भेटघाट गरेको आरोप लगाएका छन्।

सिद्दिकीले आफ्नो युटुब च्यानलमा चलचित्र ‘एमएस धोनीः दि अनटोल्ड स्टोरी’ सुशान्तको हातमा गएपछि अक्षय खुशी नभएको पनि आरोप लगाएका छन्।

सुशान्तको निधनपछि उनको बिषयमा भिडियोहरु तयार पारेर ४ महिनामा राशिदले १५ लाख भन्दा बढी कमाएका छन्।

 अदालतले सिद्दिकीको अग्रिम जमानत दिएर प्रहरीलाई यो मुद्दाको छानबिनमा सहयोग गर्न आदेश दिएको छ।

प्रकाशित मिति: : 2020-11-20 14:14:00

प्रतिकृया दिनुहोस्