कविता

'आमा'

हर्कबहादुर लामगादे ‘रोहित’

चारहजारे, मणिपुर, भारत

खई आमा,
म जान्ने अवस्थाम थिइन
तिमीले नौं महिना कोखमा
सजाएर राख्यौ
दिनरात पीडा सहदै
म आउने बाटो कुरी
हरदम आनन्दमा मन राख्यौ
प्रसव पीडा मैले जानिन
म त संसार देख्ने अर्कै
जिज्ञासामा थिएँ
तिमी दुःखाईले कुनामा बस्दा
म अबोध शिशु
रून अनि दूध चुस्नमा व्यस्त थिएँ।
होश आएर पनि
नौं मासे तिम्रो पीडा
महसुस गर्ने, मसँग
सामथ्र्य छैन आमा
म त छोरा परें तिम्रो।
गुमुत खाएर, निद्रा त्यागेर
हुर्कायौ बढायौ
मेरा चाहना निम्ति
आमा तिमीले
कति आफ्ना रहरहरू
सहजै पचायौ।
ठेस् लाग्दा,
दुःखाइमा, ‘ऐया आमा’
स्वतः भन्दैमा
मेरो औषधी बनी दियौ
मिठो-मसिनो खाने कुरालाई
सधैँ भाग मलाई पारी दियौ
गर्मी लाग्दा,
तालुमा फुकी
न्यानो शीतल दियौ
भोकाइमा, कुनै प्रहर मागे  पनि
पेट भरिलो पारी दियौ।
कति निस्वार्थ माया है आमा तिम्रो
गाली गरे पनि
छाती भरी माया राख्यौ
जति ठुलो हुँदा पनि
अरू छोराछोरा हुँदा पनि
म एक्ले छोरा जस्तो माया दियौ
माया, माया, माया अनि मायाको
तिमी विशाल सागर हौं, आमा
नौं महिना कोखामा राख्न नसके पनि
हृदयमा सास रहुनजेल राख्नेछु
तिम्रै दूध र मायाको पोषणमा
म बाच्नेछु।
खई आमा,
तिम्रो माया, उपकार, ममता
अनि कति हो कति... ऋण
तिर्न सक्दिन म
एकै इच्छा भगवानले पुरा गर्दिउन्
मेरो उमेर पनि तिमीलाई लागोस्
अनि आमा,
जब म मर्न लाग्छु नि
यो मन ‘आमा, आमा’
भन्न तिमीलाई पाओस्।

प्रकाशित मिति: : 2021-05-11 06:23:00

प्रतिकृया दिनुहोस्