काठमाडौं महानगरले मोबाइल भ्यानबाट स्वाव संकलन गर्दै (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाव संकलन सुरु गरेको छ।

महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत् स्वाव संकलन सुरु गरेको हो।

सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले बताए। 

‘सरकारले घोषणा गरेअनुसार नै अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यानमार्फत् स्वाव संलकनको काम सुरु गरेका हौं,’ उनले भने,‘परीक्षण आफैं गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै गर्न सक्नुहुन्छ।’

परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्ने तयारी गरिएको मेयर शाक्यले बताए। 

अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने पनि मेयर शाक्यले बताए।

 

प्रकाशित मिति: : 2020-11-22 14:10:00

प्रतिकृया दिनुहोस्