प्रहरीमा महिला इन्चार्जः काठमाडौं उपत्यकाका दुई जिल्लाको सुरक्षा महिलाको कमाण्डमा

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : सुरक्षा चुनौतीको हिसाबले काठमाडौं उपत्यकाभित्रका तीन जिल्लालाई निकै महत्वका साथ हेरिन्छ। र, उच्च प्राथमिकतामा पनि राखिन्छ। महत्व बढी हुनुको अर्थ हो, आफूलाई स्थापित गर्न यहीँको पोस्टिङको अपेक्षा हुनु। आफूलाई अम्बल स्थापित गर्न प्रहरी अधिकृतहरु यहीँको दरबन्दीका लागि दौडधुपमा राम्रै भिडिरहेका हुन्छन्।

काठमाडौं, ललितपुर र भक्तपुर महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत रहेका छन्। यसपटक तीनवटा जिल्लामध्ये दुई वटामा प्रहरी नेतृत्व महिलाले सम्हाल्न थालिसकेका छन्। ललितपुर र भक्तपुरको प्रहरीको कमाण्ड महिलाको हातमा रहेको छ।

गृह मन्त्रीस्तरीय निर्णय अनुसार आइतवार (मंसिर ७) गतेबाट लागू हुनेगरी ३३ जना एसएसपी सरुवा गरिँदा एसएसपी किरण बज्राचार्य ललितपुरको कमान सम्हाल्ने जिम्मेवारीमा आइपुगिन्। आजबाट उनले महानगरीय प्रहरी परिसर ललितपुरको इन्चार्ज बुझेकी हुन्। बज्राचार्य परिसर अन्तर्गत एसएसपीको कमाण्डमा नेतृत्व सम्हाल्ने पहिलो महिला पनि बनेकी छिन्।

'मेरो सरुवा भएपछि नै धेरैले महिला कमाण्ड भनेर प्रोहोत्सान गरिरहनु भएको छ। त्यसैले उहाँहरुले देखाएको विश्वासलाई यथार्थमा बदल्न चुनौती झनै थपिएको छ। मेरो कार्यकालमा थप शान्तिपूर्ण र सुरक्षित जिल्ला बनाउन लागि पर्नेछु,' एसएसपी बज्राचार्यले भनिन्।

बज्रचार्य यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिइन्। त्यस्तै, उनलाई जिल्लाको कमाण्ड सम्हालेको अनुभव भने पहिलो होइन। उनले महानगरीय प्रहरी परिसर भक्तपुरका इन्चार्ज भएर काम गरिसकेकी छिन्। प्रदेश नम्बर २ को ट्राफिक प्रहरी प्रमुखको समेत अनुभव उनमा छ।

प्रकाशित मिति: : 2020-11-23 23:40:00

प्रतिकृया दिनुहोस्