क्रिकेट टिमका खेलाडीको कोरोना परीक्षण

बिएल संवाददाता

काठमाडाै‌ं

 राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना परीक्षण गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा डाकिएका खेलाडीको मंगलबार काेराेना परीक्षण गरिएको जनाएको छ।

क्यानका अनुसार कीर्तिपुरस्थित टियु मैदानमा खेलाडीको स्वाब संकलन गरिएको हाे।

२० खेलाडी र प्रशिक्षक तथा १३ ग्राउण्ड स्टाफ गरी ३३ जनाको स्वाब संकलन भएको राष्ट्रिय टिमको फिजियो तथा व्यवस्थापक विक्रम न्यौपानेले जानकारी दिए।

बाँकी रहेका खेलाडीहरुले मंगलबार साँझसम्म स्टार हस्पिटलमा गएर स्वाक दिने उनले बताए। 

क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ।

प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्कीलाई बाेलाइएकाे छ।

कोरोना भाइरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागेको छ।

अब कोरोना परीक्षणपछि नेगेटिभ रिपोर्ट आउने खेलाडीहरुले बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सामेल हुनेछन्।

कोरोना पोजेटिभ आउने खेलाडीहरुले भने तत्काल प्रशिक्षण गर्न पाउने छैनन् ।

प्रकाशित मिति: : 2020-11-24 12:54:00

प्रतिकृया दिनुहोस्