‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ।
म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा आज भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले पराजित भएको हो। म्यानमारका लागि खेलको २३औँ मिनेटमा जिन मोई प्याएले एक गोल गरिन्। म्यानमारकी अर्की खेलाडी यिन लुन इयानले ह्याट्रिक पूरा गरिन्। उनले खेलको ४४औँ, ४७औँ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्।
यसैगरी युन वादी हलाइङ्गले खेलको ६९औँ मिनेटमा एक गोल थपिन्। अब नेपालले आफ्नो दोस्रो खेल यही जेठ २५ गते चीनसँग खेल्नेछ। नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा म्यानमार, चीन र चाइनिज ताइपेइ रहेका छन्।
नेपाल यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया