तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित भएर घर फर्किँदा ...

शिलापत्र

काठमाडाैं

बीबीसीका सय महिलामा छानिएकी सपना राेका मगर कुनै बेला लागुऔषध दुर्व्यसनी थिइन् भन्दा तपाईं छक्क पर्न सक्नुहुन्छ ।

१६ महिनाअघिसम्म साथीभाइको लहैलहैमा दुर्व्यसनमा फसेकी म्याग्दीकी १८ वर्षीया सपना छोटो समयमा नै विश्वको उत्प्रेरक र प्रभावशाली महिलाकाे रूपमा परिचय बनाउन सफल बनिन् । 

उमेरले दुई दशक पनि पार नगरेकी सपनालाई आज करिब डेढ वर्षपछि गाउँमा बिग्रेर हिँडेकी केटी नभएर नेपालको शिर उच्च राख्ने छोरीको रूपमा सम्मान गर्न थालेको देख्दा उनका आमाबुबा गर्वान्वित छन् ।

उमेरले ५० काटिसकेकी आमा चाहन्छिन्, 'कसैको उक्साहट र लहैलहैमा नलागी अब छाेरीले नर्सिङ पढाइ पूरा गरोस् ।'

सपनाले सञ्चारमाध्यमबाट आफू बीबीसीको प्रभावशाली र प्रेरणादायी १ सय महिलाको सूचीमा परेकाे थाहा पाइन् । उनले भनिन्, 'मैले निस्वार्थ गरेकाे सेवाकाे फल पाएँजस्ताे लाग्याे ।' 

आफ्नाे कामलाई प्राेत्साहन गरिदिएकाे भन्दै उनले बीबीसी टिम र आफूलाई सेवा कर्ममा प्राेसाहित गर्ने विनयजंग बस्नेतलाई फेसबुकमार्फत धन्यवाद दिएकी छन् । 

आगामी दिनमा 'एक्सन फर सोसियल चेन्ज प्रोजेक्ट'मार्फत बेवारिसे शवलाई मात्र नभएर सडकका अनाथलाई समेत सहयोग गर्न आफू लागी पर्ने बताइन् ।  

प्रकाशित मिति: : 2020-11-25 00:11:00

प्रतिकृया दिनुहोस्