कोरोना संक्रमणबाट झापामा दुईजनाको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना संक्रमणबाट झापामा दुईजनाको मृत्यु भएको छ।

जिल्लाको विर्तामोर्ड नगरपालिका ८ का ७२ वर्षीय र शिवसताक्षी ९ का ७३ वर्षिय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो। 

बिर्तामोडका वृद्धको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा बिहिबार बिहान ६ बजे बजे मृत्यु भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। 

योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। 

यसैगरी बुधबार राती शिवसताक्षीका एक वृद्धको मृत्यु भएको छ।

बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ती वृद्धको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-11-26 14:58:00

प्रतिकृया दिनुहोस्