नेकपा विवादको वारपार अब सचिवालय बैठकमै : १० दिनसम्म ओली प्रचण्डको भएन बोलचाल, 'प्रचण्डलाई जवाफ दिन कडा प्रतिवेदन तयार'

पहिलोपोष्ट

काठमाडाै‌ं

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्न एक दिनमात्रै बाँकी छ। विवाद समाधानका लागि भोलि बैठक तय भए पनि समस्या झनै बढ्दै गएको छ। नेकपाका दोस्रो तहका नेताहरुले दुई अध्यक्षबीच संवादको प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन। 

कातिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाउँदै राजनीतिक प्रस्ताव प्रस्तुत गरेपछि नेकपाको विवाद पछिल्ला दिनमा झनै चुलिएको छ। मंसिर ३ मा बसेको बैठकमा ओलीले प्रचण्डलाई जवाफ दिन १० दिनको समय मागेपछि बैठक मंसिर १३ सम्मका लागि स्थगित भएको थियो।

१० दिनसम्म पनि भएन ओली प्रचण्डको बोलचाल

नेकपाका दोस्रो तहका नेताहरुले दुबै अध्यक्षलाई भेटेर भेटघाटका लागि प्रयास गरे पनि बालुवाटारमा नभेट्ने प्रचण्डको अडानपछि उनीहरुबीच संवाद हुन सकेको छैन। ओली निकट एक नेताका अनुसार १० दिनसम्म भएका प्रयास सफल भएनन्। 'अहिलेसम्म हामी जे जति लागिरहेका छौं। एक पक्षले टसको मस नभएपछि सफल हुन सकेन। अहिले त दुई अध्यक्षबीच संवादको अवस्था नै छैन,' ती नेताले भने।

प्रकाशित मिति: : 2020-11-27 13:27:00

प्रतिकृया दिनुहोस्