युवतीलाई गोली प्रहार गरि फरार भएका ५ जना १५ दिनपछि पक्राउ

Breaknlinks
Breaknlinks

रौतहट प्रहरीले युवतीलाई गोली प्रहार गरी हत्या गरेर फरार भएका ५ जनालाई १५ दिनपछि पक्राउ गरेको छ l

रौतहटको माधव नारायण नगरपालिका ५ लौकाहाकी १८ वर्षीय अमृता कुमारी साहलाई गत कार्तिक २६ गते रातिको समयमा गोली हानिएकाे थियो l

आफ्नै घरमा सुतिरहेकी साहलाई कानचटामा गोली लाग्दा घटनास्थालमै मृत्यु भएकाे थियाे।

साहको हत्या आरोपमा रौतहट प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै जाँदा शुक्रबार राती उनीहरुलाई पक्राउ गरेको जानाएको छ l

पक्राउ परेका पाँचै जानालाई भोलि पत्रकार समेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ l

साहको २०७६ साल फागुन महिनामा सर्लाहीका रुपेश साहसँग विवाह गरेपनि सम्बन्ध विच्छेद भएकाे थियाे।

उनी माइती घरमै बस्दै आएकी थिइन्।
 

प्रकाशित मिति: : 2020-11-28 18:29:00

प्रतिकृया दिनुहोस्