महोत्तरीकी २२ वर्षीया काेराेना संक्रमित महिलाकाे धरानमा मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

महोत्तरीको बर्दिवास नगरपालिका २ की २२ वर्षीया महिलाको मृत्यु भएको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

उनको आइतबार विहान २ बजेर ५० मिनेटमा मृत्यु भएको हाे। उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ। 

उनी जनकपुर सिटी अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी थिइन्।
 

प्रकाशित मिति: : 2020-11-29 11:56:00

प्रतिकृया दिनुहोस्