थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५ सय ८३ पीसीआर परीक्षण गर्दा उनीहरुमा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर २ हजार ७३ जना डिस्चार्ज भएका छन्।

हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना पुगेको छ। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ।

प्रकाशित मिति: : 2020-12-01 16:40:00

प्रतिकृया दिनुहोस्