सिंजामा कोभिड अस्थायी अस्पताल

जुम्लाको सिंजा गाउँपालिकाले मुकाम नराकोटमा अस्थायी कोभिड अस्पताल स्थापना गरेको छ। 

संघीय सरकारले देशभरका स्थानीय तहलाई आवश्यक बजेट विनियोजन गरेपछि सिंजा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल स्थापना गरेको हो। 

अस्पतालमा एक मेडिकल अधिकृत, एक ल्याब टेक्निसियन, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको करार दरबन्दी सृजना गरिएको प्रवक्ता नविन शर्माले जानकारी दिए।

‘अस्पतालमा पाँच बेडको व्यवस्था गरिएको छ। दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कार्यरत छन्,’ उनले भने, ‘चिकित्सकका लागि दुई पटक विज्ञापन गर्दा पनि पद पूर्ति हुन सकेन। अझै पनि चिकित्सक ल्याउने प्रयास भइरहेको छ।’ 

अक्सिजन, न्युलाइट, अक्सिजन मिटर, अक्सिजन सिलिन्डर, आइसियु तथा भेन्टिलेटरजस्ता उपकरण विशेषज्ञ डाक्टर बिना अरुले चलाउन नसक्ने भएकाले जुम्लाका धेरै स्थानीय तहमा कोभिड अस्पताल स्थापना गरिएका छैनन्। 

संघीय सरकारले जुम्लाको चन्दननाथ नगरपालिका बाहेक सात वटै गाउँपालिकालाई १० लाखका ७० हजारका दरले बजेट विनियोजन गरेको छ। 

यसअघि जुम्लाको तातोपानी गाउँपालिकामा कोभिड अस्पताल स्थापना गरिसकिएको छ।

प्रकाशित मिति: : 2020-12-01 19:07:00

प्रतिकृया दिनुहोस्