दाङ, पाल्पा र स्याङजाका ३ कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

दाङ, पाल्पा र स्याङजाका थप एक/एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका ६ का ५६ वर्षीय पुरुष, पाल्पाको बगनासकाली गाउँपालिका १ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका ४ का ३९ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएपछियही मंसिर ६ गते प्रिआइसोलेसनमा भर्ना भएका दाङका पुरुषकाे बुधबार बिहान करिब ५ बजेतिर मृत्यु भएको हो। 

कोरोना जाँचका क्रममा ७ गते रिपोर्ट पोजेटिभ आएपछि उनी भेरी अस्पतालको कोभिड-१९ आइसोलेसनमा भर्ना भएका थिए।

उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अक्सिजन थेरापी र प्लाज्मा थेरापीसमेत गरिएको थियो।

यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्यामात्रै ५२ पुगेको छ।

यता लुम्बिनी मेडिकल कलेजमा मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको पुरुषकाे मृत्यु भएकाे छ। 

यता पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियाे। उनी  १४ गते अस्पताल भर्ना भएका थिए।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।

प्रकाशित मिति: : 2020-12-02 11:19:00

प्रतिकृया दिनुहोस्