सन्नी देवललाई कोरोना संक्रमण

बलिउड अभिनेता सन्नी देवललाई कोरोना संक्रमण भएको छ। 

केही दिनयता कुल्लू जिल्लामा रहँदै आएका सन्नीलाई मंगलबार काेराेना पुष्टि भएकाे हाे। 

हिमाञ्चलका स्वास्थ्य सचिव अमिताभ अवस्थीका अनुसार उनकाे स्वास्थ्यअवस्था सामान्य रहेकाे छ। 

केही समय अगाडि उनको काँधको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उनी कुल्लु आफ्नो परिवारसँग छुट्टी मनाउन गएका थिए। अब उनी केही दिन हिमाञ्चलकै फार्महाउसमा रहनेछन्। 

संक्रमित भएका  सन्नी हाल चिकित्सकको निगरानीमा रहेका छन्।

प्रकाशित मिति: : 2020-12-02 12:18:00

प्रतिकृया दिनुहोस्