विश्वककप फुटबल २०२२

इङ्ल्याण्ड र फ्रान्स विजयी: शनिबार क्वार्टरफाइनलमा आम्नेसाम्ने हुँदै

BreaknLinks
BreaknLinks

विश्वकप फुटबल अन्तर्गत आइतबार राति भएका प्रिक्वार्टर फाइनल खेलमा  फ्रान्स र इङ्ल्याण्ड आ-आफ्ना प्रतिद्वन्दीलाई पन्छाउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। फ्रान्सले  पोल्याण्डलाई  ३-१ ले र इङ्ल्याण्डले सेनेगललाई ३-० ले  पन्छाए। 

इङ्ल्याण्डका लागि हेण्डरसनले ३८औं, केनले पहिलो अतिरिक्त समयको ४८औं  र साकाले ५७ औं मिनेटमा गोल गरे। सेनेगलले भने गोलको खाता पनि खोल्न सकेन। 

यसअघि इङ्ल्याण्ड र फ्रान्स २ पटकमात्र विश्वकपमा आम्नसाम्ने भएका छन्, १९६६ र १९८२ मा। दुबैपटक इण्ल्याण्डले फ्रान्सलाई पराजित गरेको छ। १९६६ मा इङ्ल्याण्ड २-० ले जित्दै विश्वकप विजेता बनेको थियो भने १९८२मा  ३-१ को विजयी भएको थियो।

साविक विजेता फ्रान्सका लागि जिरूडले १ र एम्बाप्पेले २ गोल गरे। जिरूडले ४४ मिनेटमा कीर्तिमानी गोल गरे। यो गोलसँगै व्यक्तिगत ५२ गोल पुर्याएका उनी फ्रान्सको तर्फबाट सबैभन्दा बढी गोल गर्ने खेलाडी बने। एम्बाप्पेले पनि यो विश्वकपमा ९ गोल गरेर सबैलाए उछिने। पोल्याण्डका तर्फबाट भने खेल सकिने मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट शान्त्वना गोल गरे।

 

अब यी दुइ टिम शनिबार क्वार्टरफाइनलमा आम्नेसाँने हुनेछन्। जित्ने टीम सेमीफाइनलमा प्रवेश गर्नेछ भने हार्ने टिमको त्यही खेल विदाइ खेल हुनेछ। 

यसअघि इङ्ल्याण्ड र फ्रान्स २ पटकमात्र विश्वकपमा आम्नसाम्ने भएका छन्, १९६६ र १९८२ मा। दुबैपटक इण्ल्याण्डले फ्रान्सलाई पराजित गरेको छ। १९६६ मा इङ्ल्याण्ड २-० ले जित्दै विश्वकप विजेता बनेको थियो भने १९८२मा  ३-१ को विजयी भएको थियो।

४० वर्षपछि फेरि एकपटक आम्नेसाम्ने हुँदैछन्। यसपटक फेरि पनि इङ्ल्याण्डले नै जित्ने हो वा फ्रान्सले पुराना हारहरुको बदला लिने हो, त्यो भने अर्को शनिबारसम्म समयकै गर्भमा छ। 

तर, खेलपण्डितहरू भने यसपटक साविक विश्वविजेता फ्रान्सकै पल्ला भारी हुने प्रक्षेपण गरिरहेका छन्। 

 

प्रकाशित मिति: : 2022-12-05 03:38:00

प्रतिकृया दिनुहोस्