काठमाडाैं ७२३ सहित देशभर थपिए १४ सय ९० कोरोना संक्रमित, १५ सय ६७ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टा ८ हजार ३०० सय पीसीआर परीक्षण गर्दा काठमाडाैं ७२३ सहित १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे। 

आज काठमाडौंमा ५३१, भक्तपुरका ५८ तथा ललितपुरका १३४ जनामा संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ।

बुधबार देशभर १५ सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको मन्त्रालयले जनाएकाे छ। 

हाल देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित छन् भने ६ सय ५ जना क्वारेन्टाइनमा छन्।

प्रकाशित मिति: : 2020-12-02 16:31:00

प्रतिकृया दिनुहोस्