बलिउड कलाकारलाई सूचना चुहाएको आरोपमा दुई एनसीबी अधिकारी निलम्बित

बलिउड अभिनेत्री दीपिका पादुकोण र कमेडियन भारती सिंहलाई सहयोग गर्ने नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का दुई अधिकारीलाई निलम्बन गरिएको छ। 

यी दुई अधिकारीमाथि दीपिका, भारती र उनको श्रीमान हर्ष लिंबाचिया तथा दीपिकाकी मेनेजर करिश्मा प्रकाशलाई सूचना उपलब्ध गराएर सहयोग गरेको बताइएको छ। 

एनसीबीका क्षेत्रीय निर्देशक समीर वानखेडेले यी दुई अधिकारीविरूद्ध छानवीनको पनि आदेश दिएका छन्। वानखेडे निकै कडा अधिकारी मानिन्छन्।

भारती र हर्षको जमानतको निवेदनमाथि अदालतमा आदेश हुनेदिन यी अधिकारी अदालतमा पुगेका थिएनन्। यसैकारण अदालतले एनसीबीको पक्ष सुन्न पाएको थिएन। उनीहरू जानीजानी भारती र उनको श्रीमानलाई जेलबाट बाहिर निकाल्न अदालतमा उपस्थित नभएको बताइएको छ। 

एनसीबीले भारतीको घरबाट २२ नोभेम्बरमा ८६ ग्राम गाँजा बरामद गरेको थियो।

प्रकाशित मिति: : 2020-12-03 17:12:00

प्रतिकृया दिनुहोस्