डा केसी कोरोना संक्रमणमुक्त

बिएल संवाददाता

काठमाडाै‌ं

डा गोविन्द केसी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्।

संक्रमण भएको २१औँ दिनमा डा केसीको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।

संक्रमणमुक्त भएसँगै डा केसी बिहीबार साँझ नै अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: : 2020-12-03 19:55:00

प्रतिकृया दिनुहोस्