 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                बिएल संवाददाता
 
                                प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै छ। निर्वाचनका लागि दलहरुले उम्मेदवारको नाम पनि सिफारिस गरिसकेका छन्। त्यससँगै कसले टिकट पाउने भन्ने प्रतिस्पर्धा चलिरहेको छ।
पछिल्लो समय पार्टीका शीर्ष नेताहरुको घरमा संसादका आकांक्षीहरुको भीड लागेको देख्न सकिन्छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बालुवाटार, एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा अहिले नेताहरुको भीड बिहानैदेखि हुने गरेको दृश्य सामान्य भइसकेको छ।
दसैँसंगै निवार्चनको माहोल पनि उत्तिकै गर्माएको छ। पछिल्लो समयमा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मदवारी घोषणा गरिरहेका छन्। चुनावको मोहालमा गुल्मी क्षेत्र नम्बर २ मा भने अहिले रोचक प्रतिस्पर्धा देखिएको छ।
२०५८ सालदेखि निर्वाचन जित्दै आएका गोकर्ण विष्टको भने विराम लाग्ने देखिएको छ। अहिले गठबन्धनकी पूर्वमन्त्री रामकुमारी झाँक्री मैदानमा उत्रिने भएकी छन् भने एमालेबाटै थप २ जनाको नाम जिल्ला कमिटिले नाम पठाएको छ।
गोकर्ण विष्टले चुनाव जित्दै आएको गुल्मी क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट तीन जना सिफारिसमा परेका छन्। पूर्वमन्त्री गोकर्ण विष्ट, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष अध्यक्ष राजेन्द्र अर्याल र एमाले प्रदेश कमिटी सदस्य शेषकान्त गौतमको नाम सिफारिस भएको हो।
प्रस्तावित नाम क्षेत्र नम्बर २ कमिटीले सिफारिस गरेर जिल्ला कमिटीमा पठाएको छ। साेही प्रस्तावित नाम जिल्ला कमिटीले टुंगो लगाएर केन्द्रमा समेत पठाएको छ। एमाले जिल्ला कमिटी सदस्य रितबहादुर थापाका अनुसार अहिले जिल्ला कमिटीमा ३ जनाको नाम आएको र त्यसलाई जिल्लाले केन्द्रमा पठाएको बताए।
‘अहिले जिल्ला कमिटीमा कमरेडहरूको नाम सिफारिस गर्नुभएको छ। त्यसलाई अन्तिम टुंगो केन्द्रमा पठाइसकेका छौं, सदस्य थापाले भने, ‘अब टिकट पार्टीले कसलाई दिन्छ भन्ने हो।’
नाम सिफारिस भएकामध्ये विष्ट ३ पटक सांसद र दुई पटक मन्त्री बनिसकेका छन्। नेकपा एमालेको सचिव विष्ट गुल्मी-२ बाट बलियो दाबेदार हुन्। २०५६ सालमा नेपाली कांग्रेसका त्रैलोक्यप्रताप सेनलाई हराएर विष्ट सांसद भएका थिए।
२०६४ सालको संविधान सभा निर्वाचनमा माओवादी केन्द्रका चन्द्रबहादुर ‘सागर’ सँग चुनाव हारेका थिए। तर, २०७० सालको संविधान सभा चुनावमा विष्ट विजयी भए। २०७४ सालको संसदीय चुनावमा विष्ट नेपाली कांग्रेसका चन्द्रबहादुर केसीलाई पराजित गरेर सांसद भएका थिए।
एमालेको भातृ संगठन प्रेस चौतारीका पूर्वअध्यक्ष अर्याल पहिलोपटक संसदीय चुनावमा उठ्नको लागि दौडमा छन्। अर्याल अहिले निर्वाचन क्षेत्रमा खटिएका छन्।
उम्मेदवारको सिफारिसमा परेका शेषकान्त गौतम अहिले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्। तर, गौतम चर्चामा आउनका लागि मात्रै नाम सिफारिस गरेको जिल्ला कमिटी सदस्यहरू बताउँछन्।
अहिले सिफारिसमा परेका नेतालाई प्रदेशमा समेत व्यवस्थापन गर्ने गरी केन्द्रबाट निर्णय हुँदा विष्टले नै टिकट पाउने सम्भावना प्रवल रहेको एमाले स्रोत बताउँछ।
विगतमा एमालेमै रहेर राजनीतिक यात्रा बलियो बनाएकी नेकपा (एस)की सांसद तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीका कारणले एमालेबाट संघीय चुनावमा उठ्ने उम्मेदवारको टाउको दुखाइको विषय बनेको छ।
गठबन्धनबाट साझा उम्मेदवार बन्ने आशमा झाँक्री घरदैलोमा गएर आफ्नो प्रभाव बढाइरहेकी छन्। लामो समयदेखि विष्टको प्रभाव रहेको क्षेत्रमा नयाँ अनुहारको चाहना भएकाले पनि एमालेलाई झाँक्री ‘थ्रेट’ देखिएको महसुस छ।
एमालेका नेताहरू भने विगतमा गरिएको काम र विष्टको व्यक्तिगत प्रभावका कारणले पनि चुनाव जित्ने दाबी गरिरहेका छन्। भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा एमालेको उपस्थिति कमजोर देखिएकोले प्रतिस्पर्धा कडा हुने अनुमान भइरहेको छ।
पाँच दलीय गठबन्धनका कारण देशभर एमालेलाई अप्ठ्यारो परिरहेको समयमा प्रभावशाली नेताहरूको जिल्ला गुल्मीमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। विष्ट र झाँक्री दुबै ‘हेबी वेट’ जुधेको खण्डमा चुनाव रोचक हुने पनि देखिन्छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया