हिँडेको अमेरिका, पुगे वेश्यालय

शिलापत्र

काठमाडौँ

रमेश भारती

रोजगारीका लागि अमेरिका हिडेकी गोरखाकी रक्षा भट्ट (नाम परिवर्तन) ७ महिना भारत हुँदै रोमानिया र सर्बिया पुगेर नेपाल फर्किइन् । सात महिनाको अवधिमा उनलाई अमेरिका लैजाने भनेर एजेन्टले ५ वटा देश घुमाए । अमेरिका हिंडेकी उनी अन्त्यमा रोमानिया पुगेर नेपाल फर्किएको बताउँछिन् ।

रोजगारीका लागि अमेरिका नभए क्यानडा लैजाने भनेर नेपालबाट एजेन्टले आश्वासन देखाएर लगेको रक्षाले बताइन् । ‘नेपालबाट सिधै थाइल्याण्ड जानुपर्छ भनेर हिंड्यौ । तर, भारतबाट रोमानिया हुँदै जाँदा सजिलो हुन्छ भनेर एजेन्टले भारतको मुम्बई पुर्‍याएर ७ दिनपछि थाइल्याण्ड लग्यो । थाइल्याण्डमा एक महिना राख्दा हरेक साता एजेन्टले परिवारसँग भिसा आयो भन्दै पैसा मागे,’ उनले भनिन्, ‘घरबाट हिडेदेखि करिब सर्बिया भन्ने देश पुग्दासम्म एजेन्टले परिवारसँग १५ लाख रुपैयाँ लिए । थाइल्याण्ड पुगेपछि मात्र थाहा भयो एजेन्टले अमेरिका पठाउँछु भनेर ठगी गरेको रहेछ भनेर ।’

विराटनगरका एलबी गौतम भन्ने एजेन्ट थाइल्याण्डमा छन् । उनले नेपालमा एजेन्ट राखेर अमेरिका, क्यानडा र यूरोपका देश रोजगारीमा पठाइदिने भन्दै धेरै व्यक्तिलाई ठगी गर्दै बसेको उनको भनाइ छ । थाइल्याण्डमा क्यानडा, अमेरिका र यूरोपका विकाशित देश हिडेका धेरै नेपाली अलपत्र अवस्थामा एजेन्टलाई पैसा खुवाएर बसेको भेटेको रक्षाले जानकारी दिइन् । 

ओशो, हार्ट इन्टरनेसनल क्याची एजुकेशन एण्ड ट्रेनिङ् कन्सल्टेन्सीले धेरै मान्छे अमेरिका लैजाने भनेर रोमानिया र थाइल्याण्डमा अलपत्र पारेर राखेको भेटिएको रक्षा बताउँछिन् ।  

प्रकाशित मिति: : 2020-12-07 08:25:00

प्रतिकृया दिनुहोस्