रहेनन् ‘बिएपीएस’की नायिका नताली डेसेल

सन् १९९७ मा रिलिज भएको सुपर हिट सिनेमा ‘बिएपीएस’ की नायिका नताली डेसेलको सोमबार निधन भएको छ।

पेटको क्यान्सरको कारण उनको निधन भएको जनाइएको छ। 

१२ जुलाई १९६७ मा लुजियानाको अलेक्ड्र्नजियामा जन्मेकी नायिका डेसेलले सन् १९९६ मा प्रदर्शित टेलिभिजन सिरियल ‘फ्यामली म्याटर्स’बाट आफ्नो करिअर आरम्भ गरेकी थिइन्।

सन् १९९७ मा प्रदर्शित ‘बिएपीएस’ सुपर हिट भएपछि नायिका डेसेल ले थुप्रै हिट सिनेमाहरुमा अभिनय गर्ने मौका पाएकी थिइन्।

उनका अन्य चर्चित सिनेमाहरुमा ‘इभ’, ‘सिण्ड्रेला’, ‘फर योर लभ’, ‘सेट इट अफ’, ‘द डी’, ‘ग्यास’ आदि हुन्।

नायिका देसेलको निधनले आफू मात्र नभई पुरै सिनेमा क्षेत्र नै दुःखी भएको उनकी मित्र तथा नायिका हेली बेरीले बताएकी छिन्।

प्रकाशित मिति: : 2020-12-09 08:07:00

प्रतिकृया दिनुहोस्