पुत्र शोक जस्तो ठूलो पीडा अर्को हुँदैन: गायिका टिना टर्नर

अंग्रेजी गीतप्रति थोरै रुचि राख्ने मान्छेहरुको लागि गायिका टिना टर्नर कुनै अपरिचित नाम होइन।

७०/८० को दशकमा आफ्नो स्वर र प्रस्तुतिले करोडौं दर्शक र स्रोताहरुको मन जित्न सफल गायिका टर्नरले पुत्र शोक जस्तो ठूलो पीडा अर्को नहुने बताएकी छिन्।

सन् २०१८ मा छोरा क्रेगले आत्महत्या गरेपछि आफू र पति इरबिन दुःखले पागल जस्तो भएको सम्झना उनी भन्छिन्,‘भगवानले यस्तो पीडा कुनै माता पितालाई नदिउन्।’ 

छोराको निधनले डिप्रेसनमा गएकी गायिका टर्नरले एकैपटक ५० वटा निन्द्रा लाग्ने औषधि खाएर आत्महत्या गर्ने प्रयास गरेपनि भाग्यले बाँचेकी थिइन्।

अब पतिको साथ साधारण जीवन ब्यतित् गर्ने इच्छा भएको बताउने गायिका टर्नरलाई गलाले साथ् दिएमा फेरि एकपटक गीत गाउने इच्छा छ।

२६ नोभेम्बर १९३९ मा अमेरिकामा जन्मेकी स्विस मूलकी यी गायिकाको प्राइभेट डान्सर, टू नाइट, प्राउड म्यारी जस्ता हिट गीत र प्लेइङ्ग रफ, अ फूल फर यू, टू हट टू होल्ड जस्ता हिट एल्बमहरु छन्।

प्रकाशित मिति: : 2020-12-09 19:11:00

प्रतिकृया दिनुहोस्