१५ वर्षमाथिका ७२ प्रतिशत नागरिकलाई कोभिड भ्याक्सिन दिने योजना बनाउँदै सरकार

नेपाल लाइभ

काठमाडौँ

कल्पना पौडेल

सरकारले कोभिड-१९ विरुद्धको खोप ल्याउने पूर्वतयारी गरिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोनाविरुद्धको खोप विषयमा प्राविधिक जानकारी दिन बाल स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा श्यामराज उप्रेतीको संयोजकत्वमा कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समिति गठन गरेको छ।

समितिले नेपालमा कोभिड भ्याक्सिन लगाउनुपर्ने संख्या, जोखिमका आधारमा खोप पाउनेहरुको प्राथमिकता समेत छुट्याएको छ।

समितिका संयोजक डा उप्रेतीले नेपालमा पहिलो चरणमा विश्व स्वास्थ्य संगठन, गाभीलगायत संस्थाहरु मिलेर बनेको कोभ्याक्स फ्यासिलिटी मार्फत उपलब्ध हुने भ्याक्सिन आउने बताए।

‘कोभ्याक्स फ्यासिलिटीले विश्वका धनी र गरिब  सबै देशले समान रुपमा कोभिडको भ्याक्सिन पाउन भनेर काम गरिरहेको छ। कोभ्याक्सले नेपाललाई २० प्रतिशत भ्याक्सिन दिने कुरा भएको छ। त्यसमा पनि पहिलो चरणमा ३ प्रतिशत भ्याक्सिन आउने छ,' उनले भने, 'पछिल्लो चरणमा आउने खोप पहिले कसलाई दिने, त्यसपछि कसलाई भनेर समितिले पहिचान गरिसकेका छ।’

प्रकाशित मिति: : 2020-12-12 17:41:00

प्रतिकृया दिनुहोस्