रामेछापकी मन्दिरा श्रेष्ठले जितिन् ग्लोकल टीन हिरो २०२० को उपाधि

बिएल संवाददाता

काठमाडाै‌ं

 ‘ग्लोकल टीन हिरो २०२०’ को उपाधि रामेछापकी  मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन्। 

मन्दिरा श्रेष्ठ रामेछापकी १९ वर्षीया स्वास्थ्य कार्यकर्ता कर्मी एवमं अभिन्ता हुन्। उनले ‘युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०’ को टीम लीडरको रूपमा काम गरेकी छिन्। 

उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रिय रुपमा सहभागी भइरहेकी छिन्। 

त्यस्तै शिक्षामा महिलाको पहुँचका लागि काम गर्दै उनी ‘ट्री पद्ममा चाईल्ड क्लबमा’ सामाजिक स्वयम्सेवकको रुपमा काम गरिरहेकी छिन्। 

स्वास्थ्य क्षेत्रमा कामको अनुभब बटुलदै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन। 

ग्लोकलले डिसेम्बर ९, १० र ११ गतेका दिन वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन पनि भव्यताका साथ सम्पन्न भएको थियो। 

राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्धाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा आयोजना गरिएको थियो। 

यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो। यसवर्षको सम्मेलन ग्लोकलको चौथो संस्करण रहेको थियो भने  अफगानिस्थान, भारत, बंगलादेश, इन्डोनेसिया, अमेरिका, श्री लन्का, पाकिशतान तथा भियतनाम लगायतका देशहरुबाट उनीहरु सम्मेलनमा अनलाइन उपस्थिती जनाएका  थिए।

 उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टा छुट्टै प्यानल छलफल भएको थियो। प्यानल छलफलका विषय उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोण रहेको  थियो। 

देशभरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन ग्लोकलसँग बिभिन्न संस्थाहरु साझेदारका रुपमा जोडिएका थिए। 

तीन दिने वाई वाई ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन विभिन्न देशका प्रतिभाशाली किशोर किशोरीहरुको उपस्थिति र उत्पादक अन्तर्क्रिरया, छलफल र प्रेरणादायक परामर्शसत्र सहीत औपचारिक रुपमा सफलतापूर्वक समापन गरिएकाे हाे।

प्रकाशित मिति: : 2020-12-13 12:12:00

प्रतिकृया दिनुहोस्