आपत्तिजनक भाषणपछि क्रिकेटर युवराजको बुवाले फिल्म गुमाए

खालिस्तान मुद्धालाई समर्थन गरेको भन्दै क्रिकेटर युवराज सिंहका बुवा योगराज सिंहले हस्ताक्षर गरिसकेको फिल्म गुमाएका छन्। 

फिल्म निर्माता विवेक अग्निहोत्रीले हालै किसान आन्दोलनमा भड्काउ भाषण गरेका योगराजलाई फिल्मबाट निकालेका हुन्। 

विवेकले आफ्नो नयाँ फिल्म ‘द कास्मिर फाइल्स’ मा प्रमुख भूमिका योगराजलाई दिएका थिए। फिल्मको सुटिङ गत मार्चदेखि नै सुरु हुनुथियो। 

तर, लकडाउनका कारण सम्भव भएन। तर, किसान आन्दोलनमा भाषण गर्न पुगेका योगराजले खालिस्तानको मुद्धा उठाएकोमा चौतर्फी विरोध भइरहेको छ। 

योगराजले हिन्दु तथा मुस्लिम महिलाको विषयमा पनि अपशब्द प्रयोग गरेका थिए। उनले भारतमा बेलायतको शाषन हुँदा हिन्दु र मुस्लिम शाषकले गुलामी गरेको तथा महिलाहरू यौनदासीको रूपमा रहेको बताएका थिए। 

आफ्नो बुवाको भनाईप्रति युवराज स्वयमले असहमति जनाइसकेका छन्। 

उनले आफ्नो ३९औं जन्मदिनमा सोसल मिडियामा एउटा पोस्ट सार्वजनिक गर्दै बुवाको भनाईप्रति आफ्नो सहमति नरहेको बताए। ‘यो उहाँको व्यक्तिगत बयान हो,’ युवराजले लेखेका छन्।

प्रकाशित मिति: : 2020-12-13 12:45:00

प्रतिकृया दिनुहोस्