प्रचण्डलाई चुनाव हार्ने डर र ओलीकाे सिंहदरबारमा बसिराख्ने लोभले एकैठाउँ ल्यायाे: गगन थापा (भिडियाे)

कांग्रेस नेता गगन थापाले पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव हार्ने डर र केपी शर्मा ओलीकाे सिंहदरबारमा बसिराख्ने लोभले एकैठाउँ ल्याएको बताएका छन्।

सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा कैलालीको धनगढीमा आयोजित खबरदारी सभामा पूर्वमन्त्रीसमेत रहेका थापाले उक्त कुरा बताए हुन्।

‘नेपाल कम्युनिष्ट पार्टी पार्टी नै होइन, यो एउटा लोभीपापीहरुको मञ्‍च मात्रै हो,’ थापाले भने,‘कुनै बेला हात पनि मिलाउन नमान्नेहरु एउटा व्यवसायीको घरमा बसेर हात मात्रै होइन मनमुटु पनि मिलाइहेका छन्,’ थापाले भने।

यता उनले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई हिम्मत भए काठमाडौंमा चुनाव लड्न आउन अग्रह समेत गरे। 

नेता थापाले सरकार शक्तिशाली भएपनि जनताको लागि केही गर्न नसेको आरोप लगाए। 

उनले भने, ‘सरकार शक्तिशाली छ, तर जनतालाई शक्तिशाली बनाउनका लागि एउटा पनि काम गर्न सकेको छैन्। सरकारले कहिले पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउने गरेको छ। यस्तो हावादारी सरकार हामीलाई चाहिदैन।’

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ। विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्‍याली निकालेका छन्। काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्‍याली निकालिएको छ।

प्रकाशित मिति: : 2020-12-14 15:27:00

प्रतिकृया दिनुहोस्