सरकारले गरेकाे एउटै लाेकप्रिय काम भनेकाे भ्रष्टाचार हाे: कांग्रेस (भिडियो)

नेपाली कांग्रेसले देशव्यापी रुपमा सरकार विराेध प्रदर्शन गर्ने क्रममा जुम्लामा पनि र्‍याली र सभाकाे आयाेजना गरिएकाे छ।

प्रदर्शनपछि भएकाे विराेध सभामा कर्णाली प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले सरकारकाे एउटै लाेकप्रिय काम भ्रष्टाचार भएकाे बताए। 

No description available.

'समृद्धि नेकपाकाे भएकाे छ। अग्रगमन आसेपासेहरुकाे भएकाे छ,' उनले भने, 'हामीले सरकारलाई सहयाेग गर्‍याैं। तर सरकार जनताकाे सेवा भन्दा पनि लुट्नमा व्यस्त भयाे। अब कांग्रेस मुखमा दहि जमाएर बस्दैन।'

विराेध सभालाई सम्बाेधन गर्दै सभासद ललितजंग शाहीले सरकार लाेकतन्त्र मास्न लागेकाे बताए।

No description available.

उनले राजावादीहरुकाे आन्दोलनलाई लक्षित गर्दै भने, 'राज आएर देश बचाउनु पर्ने हाे त्यत्रो संघर्ष गरेर लाेकतन्त्र ल्याएकाे अर्थ के भयाे? के ओली सरकार लाेकतन्त्रकाे रक्षा गर्न नसक्ने अवस्थामा पुग्याे?'

कांग्रेसका जिल्ला नेताहरुले विराेध प्रदर्शन गर्ने क्रममा ओली सरकारकाे आलाेचना गर्दै भने, 'लाखाैं रुपैयाँले हेलिकप्टर रिजर्भ गरेर दुई सय रुपैयाँकाे पीपी फर्म बाँड्नु सरकारकाे चरम लाचारी हाे।'

No description available.

विराेध र्‍याली कृष्ण मन्दिरबाट सुरु भई बजार परिक्रमा गरि सभामा परिणत भएको थियाे।

प्रकाशित मिति: : 2020-12-14 19:30:00

प्रतिकृया दिनुहोस्