ओखर बाजे -२

'ओखर राेप्याे भने पेन्सन आउँछ' (भिडियो)

Breaknlinks
Breaknlinks

नेपाली बजारमा ओखरकाे माग जति छ, उत्पादन भने पर्याप्त छैन।

माग अनुसार पूर्ति भएकाे पाइदैन। निकै कम छ। अर्थशास्त्रकाे भाषामा भन्दा हामी ओखरमा आत्मनिर्भर छैनाैं। हरेक वर्ष व्यापार घाटा बढिरहेकाे तथ्यांक नेपाल राष्ट्र बैंकले प्रकाशन गर्छ। ओेखरमा मात्रै ९० प्रतिशतभन्दा बढी व्यापार घाटा छ।

व्यापार घाटाकाे यति ठूलाे खाडल देखेका किसान शंकु खत्रीले ओखर उत्पादनमै आफूलाई केन्द्रित गरेका छन्। ओखरबाटै राम्रै दाम र नाम लिइरहेका छन्, उनले।

 उनकाे कमाई र आगामी याेजना बारे हामीले अघिल्लो शृङ्खलामा छलफल गरिसकेका छाैं। याे शृङ्खलामा उनी ओखर उत्पादनमा किन लागे ? कसरी लागे ? भन्ने बारे प्रस्तुत गर्दैछाैं।



ओखर बेचेरै उपसचिवले भन्दा धेरै कमाउने 'खत्री', बोल्न पनि छैन फुर्सद 



उनी थाहा पाउने हुँदासम्म गाउँमा एउटामात्र दाँते ओखरकाे रुख थियाे। त्याे दुई पुस्ताअघि नै लगाइएकाे हाे भनेर उनले आफ्ना बाबुबाट सुनेका हुन्। बाबु बितेकाे पनि थुप्रै वर्ष भइसक्यो, अहिले। तर त्याे ओखरकाे रुखले भने फल दिइरहेकाे छ। 

हरेक वर्ष असाेज कार्तिकमा बुढिएकाे जस्ताे देखिने त्यही ओखरकाे रुख वसन्त ऋतुकाे आगमनसँगै वैशालु हुन्छ। प्रेमिल बन्छ र गर्भवतीकाे पेट बढेझैं ओखरका दाना बढ्छन्। फेरि भदाैमा सुत्केरीले बच्चा पाएझैं गरी फल दिन्छ।

अब त यसका दिन सकियाे भनी साेच्न लागेकाे वर्षाैं भइसक्यो, उनले। तर पनि वर्षाते गाइजस्ताे हरेक वर्ष बच्चा जन्माएर दूध दिएझैं ओखरले फल दिइरहन्छ। हिउँदमा पात झरेर नांगै भएकाे ओखर चैत वैशाखमा नयाँ हांगासहित लक्का जवान भइदिन्छ। फुलिदिन्छ, फलिदिन्छ।

हेर्दा झरेका पातहरुले निराशाकाे संकेत गरे पनि अर्काे वर्ष फेरि नयाँ पालुवासहित पलाउने आश धेरैले धेरै समयसम्म गरिरहन सक्दैनन्। तर अनुमानकाे ठिक विपरीत ओखर फलिदिन्छ। जसरी फूलहरु झर्नलाई मात्र उम्रिएका हुँदैनन्, अरू फूलहरू उमार्न पनि उम्रिएका हुन्छन्। 



विदेशीकाे भारी बाेकेर मालिक बनेका नाेर्बु 



खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयमा निम्न स्तरकाे श्रेणिविहिन जागिर खाएका शंकु खत्रीकाे जागिर गयाे। यसका अनेक कारण छन्। अनेक किस्सा छन्।

गाउँलेहरुले उनलाई बदमाशीकाे लाल्छना लगाउँछन्। शसस्त्र संघर्ष गरिरहेका माओवादीलाई भात खुवाएबापत उनी जेल बसे। ९० दिन थुनामा राखियाे। फैसला स्वरुप जागिर चट। कस्ताे बिडम्बना !

जागिर किमार्थ टिकिरहेकाे भए मासिक तलब आउँथ्याे। त्याे तलबले प्रशस्तै सुविधा भाेक गर्न सकिन्न थियाे हाेला, तर पनि जीविका टर्थ्याे। वर्षकाे १२ दिन मात्रै भए पनि जुँगा मुसार्दै, छिमेकी अगाडि शान झार्दै घरमा पस्न सकिन्थ्यो। किनभने वर्षका १२ दिन गाेजी भरिने गरि तलबबापत रुपैयाँ आउँथ्याे। 

त्याे भन्दा धेरै खुसी रिटायर्ड भएर घर आउँदा कर्मचारी संचयकाेषमा जम्मा गरी राखेकाे रुपैयाँकाे बिटाे साँवा र ब्याजसहित भण्डार घरकाे बाकस भित्र पस्थ्याे। र सुरक्षित गर्न बाहिरबाट ताला पट्काइन्थ्याे। त्यसपछि पनि हरेक महिना पेन्सन आउँथ्यो। सेसपछि श्रीमती पनि त्यसरी नै पेन्सन थाप्न जान्थिन हाेली। 



भूमिहीन र दलितले जमिन पाउनेछन्: अध्यक्ष ज्ञवाली



तर माओवादीले उनकाे घरकाे भात खाएपछि सरकारले उनकाे भविष्यका कल्पना खाइदिएकाे थियाे। उनकाे जागिर खायाे। उनकाे कमाईकाे बाटाे खायाे। 'वर्षदिनकाे गरि कमाई चाल्लामैकाे गेडाे' भने जस्ताे भए। ९० दिनपछि घर आउँदा उनकाे लय 'उडायाे सपना सबै हुरीले' भन्ने गीतसँग मितेरी लाइरहेकाे थियाे। निराशा बढेकाे थियाे। गराैं के? नगराैं के? 

'मान्छे भाेकाे मर्दैन, चराे लाेटी मर्दैन' भन्ने उखान जस्तै उनले हरेस खाएनन्। 'बरु चरेस खानु, तर हरेस नखानु' भन्ने उखानले उनलाई पिराेल्याे। नराम्ररी पिराेल्याे। त्यही बीचमा बगैंचामा हुर्किरहेका स्याउलाई उनले सम्झे। उनले सहारा बनाउन खाेजे। लाभ लिए पनि। 

तर, साेचेजस्ताे लाभ स्याउले दिएन। त्यसमाथि संरक्षणकाे झमेलाले उनलाई खासै उत्साहित बनाएन। तथापी, उनकाे बगैंचामा प्रशस्तै स्याउका बिरुवा छन्। फलिरहेका छन्। याे विषयमा आगामी दिनमा लेख्दै गराैंला।

चैत वैशाख हावासँगै फर्फराइरहने ओखरका पातहरूले उनकाे उद्देलित भएकाे मनलाई सम्हाले। विस्तारै ओखरबारे जानकारी लिए। ज्ञान हसिल भयाे। नेपाली बजारमा ओखरकाे मागबारे अध्ययन गरे। ओखरकाे आयु थाहा भयाे। झण्डै तीस वर्ष सम्म आयु लिएर प्रकृतिमा समायोजन भएकाे ओखर उनलाई जागिर भन्दा प्याेर लाग्न थाल्याे। 



खडेरीले बालिनाली सुक्दा कर्णालीका किसानकाे मनमा डँढेलो



बाबुले दुई पुस्ता अगाडि लगाएकाे ओखर बारे बाेलेकाे सम्झे। आफ्नै आँखाले देखेकाे ओखरकाे वैंश सम्झे। अब जिन्दगीले मेसाे पायाे। उनले ओखर लगाए। कलमी गर्न सिके। कमाइ भयाे। कमाइ पनि यस्ताे भैदियाे कि कसैले नसाेचेकाे आम्दानी लिन थाले। 

त्यसपछि उनले निष्कर्ष निकाले, ओखर लगायाे भने पेन्सन आउँछ।

उमारेकाे ओखर लगायाे भने फल्न दश वर्ष लाग्छ। दाँते ओखरकाे दानाबाट उमारेकाे बिरुवा भए पनि अधिकांश बिरुवा फल्दा हाडे भइदिन्छ। मेहनत खेर जान्छ। समय बर्वाद हुन्छ। त्यसैले कलमी गरेका ओखर लगाउनुपर्छ। फल छिटाे दिन्छ। हाडे हुने सम्भावना सत प्रतिशत हुँदैन।

एउटा फूलबाट एकदेखि तीन दानासम्म फल लाग्ने ओखरकाे रुखमा राम्राे फल्याे भने वर्षमा पाँच हजार दानासम्म फल्छ।

एक रुखले वर्षमा कम्तीमा पच्चिस हजार रुपैयाँ आम्दानी दिन्छ। तर शंकुकाे बगैंचामा भएका अधिकांश ओखरका बाेटमा एउटा फूलबाट पाँचदेखि पैंतीस दानासम्म फल्ने रुख छन्। पैंतीस दाना फल्ने ओखरकाे रुख हेर्दा अंगुरका दाना फलेजस्ताे लागिरहेको हुन्छ।



गाउँमा बनाएको गाडी कुद्न थालेपछि स्थानीय चकित



'हजार बाेट ओखर छन्। यी सबै फले भने त मेराे धेरै राम्राे आम्दानी हुन्छ। मेराे मात्र हाेइन छाेरा, नाती, पलातीकाे पालासम्म ढुक्क हुनेछ,' उनले भने, 'मान्छेहरु सात पुस्ता पुग्ने सम्पत्ति भष्ट्रचार गरेर कमाउँछन्। मैले ओखर लाएर पुस्ताैं सम्म बसीबसी पैसा आइरहने मेसाे पाए। त्यसैले निर्धक्क भन्छु ओखर पेन्सन आउने फल हाे।'

आफूले मात्र धेरै लगाएर देशकाे माग धान्न नसकिने उनकाे स्वीकाराेक्ति छ। त्यसका लागि जुम्लाका सबै किसान र ओखर हुने सम्भावित जिल्लामा ओखर लगाएर आम्दानी लिनुपर्ने विचार राख्छन्, उनी। त्यसाे त, उनी प्रशिक्षक भएर जिल्ला बाहिर ओखर कलमी गर्ने तरिका सिकाउँदै पनि हिँड्छन्।

'यसाे भएकाे खण्डमा किसानलाई ढुक्क हुन्छ। ऊ आरामले पेन्सन खाँदै बस्न सक्छ। खुट्टा तानेर मर्न सक्छ,' उनकाे विश्वास छ।

प्रकाशित मिति: : 2021-05-05 15:26:00

प्रतिकृया दिनुहोस्