रेमोको स्वास्थ्यमा सुधार

बलिउडका कोरियाग्राफर रेमो डिसुजाको स्वास्थ्यमा सुधार आएको छ। उनी शुक्रबार हत्यघातपछि मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका थिए। 

रेमोकी श्रीमती लिजेले सोमबार सोसल मिडियामा एउटा भिडियो पोस्ट गर्दै यसको जानकारी दिएकी हुन। यस भिडियोमा रेमो गीतमा आफ्नो खुट्टा नचाइरहेको देखिन्छ।
 
उनले आफ्नो श्रीमानको स्वास्थ्य लाभका लागि प्रार्थना गर्ने सबैलाई धन्यबाद भनेकी छिन्। अमिताभ बच्चनले भर्खरै एउटा पोस्ट गरेर रेमोको स्वास्थ्य लाभको कामना गरेका थिए। 

रेमोको मुटुमा देखिएको समस्या एन्जियोप्लास्टीपछि समाधान भएको बताइएको छ। एक घण्टा लामो अपरेशनपछि उनलाई आइसीयू वार्डमा सारिएको छ। चिकित्सकले उनलाई अब्जरवेसनमा राखेका छन्।

प्रकाशित मिति: : 2020-12-15 15:27:00

प्रतिकृया दिनुहोस्