कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
रातोपाटी
सरकारी कार्यालयमा ११ अर्ब २८ करोड ४५ लाख २६ हजार ५ सय ९५ रुपैयाँ बराबरको कार तथा जीप रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
३ हजार सरकारी कार्यालयमा (संघीय सरकारको मात्र) सो मूल्य बराबरको गाडी रहेको तथ्यांकमा उल्लेख छ। यस्तै २ अर्ब ७ करोड २ लाख ७० हजार रुपैयाँ बराबरको मोटरसाइकल सरकारी कार्यालयमा छन्।
महालेखा नियन्त्रकको कार्यालयले राख्न शुरु गरेको सार्वजनिक सम्पत्तिको अभिलेखमा सो मात्रामा गाडी रहेको देखिएको हो। सरकारको सम्पत्ति कति र कुन अवस्थामा रहेको छ अभिलेखमा हेर्न सकिनेछ। यसमा जिन्सी सामानको मात्र अभिलेख राखिएको छ।
यद्यपि महालेखाले अहिले सरकारी सम्पत्तिको अभिलेख राख्ने क्रममा हाल सरकारी कार्यालयको मात्र अभिलेख राखिरहेको छ।
हालसम्म संघीय सरकारको ३ हजार कार्यालय, प्रदेश सरकारको ५ सय र स्थानीय सरकारको ४ सय कार्यालयको अभिलेख राखिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
ती कार्यालयको सम्पत्ति संघीय सरकारको ८७ अर्ब रुपैयाँ बराबर, प्रदेश सरकारको १० अर्ब र स्थानीय सरकारको ८ अर्ब बराबर रहेको अभिलेखमा देखिन्छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया