माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
एजेन्सी
गैरकानूनी आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा विश्वका वर्तमान तथा पूर्व नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर लगानी गरेको खुलासा भएको छ।
अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीका फाइल अनुसन्धानका क्रममा यस्तो तथ्य फेला पारेको हो।
प्यान्डोरा पेपर्स नाम दिइएका ती दस्तावेजमा विश्वका ३५ नेता र तीन सय भन्दा बढी व्यक्तिको नाम सार्वजनिक गरिएको छ। अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा रसियाली राष्ट्रपति भ्लादमिर पुटिनदेखि जोडर्नका राजासम्म छन्। जोर्डनका राजाले ७ करोड युरो गोप्य रुपमा जम्मा गरेको दस्तावेजले देखाएको छ।
त्यस्तै, वेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र उनकी पत्नीले लन्डनको एउटा कार्यलय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको दस्तावेजमा उल्लेख छ। उनीहरूले सो भवन खरिद गर्न एउटा अफशोर कम्पनी नै किनेका थिए।
रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले मोनाक्कोमा गोप्य सम्पत्ति राखेकोदेखि यसै साता हुने निर्वाचनमा उम्मेदवारी दिन लागेका चेक गणतन्त्रका प्रधानमन्त्री एन्ड्रिज बाबिजलले दक्षिणी फ्रान्समा १ करोड २० लाख युरो पर्ने दुई ओटा भिल्ला खरिद गर्न अफशोर कम्पनी प्रयोग गरेको तथ्य दस्तावेजहरूले खुलासा गरेको छ।
आईसीआईजे ६ सय ५० पत्रकारसँग मिलेर पछिल्लो विवरण बाहिर ल्याएको हो। सात वर्षमा भएको यो अफशोर करोबारसम्बन्धी पछिल्लो खुलासा हो।
सात वर्षअघि फिनसेन फाइल्स, प्याराडाइज पेपर्स, पानामा पेपर्स र लुक्सलिक्सले विश्वका नेता र व्यापारीलेले गोप्य ढंगले लुकाएको सम्पत्ति चुहावट गरेको थियो।
कागज चुहावट भएकामध्ये केही व्यक्तिमाथि भष्टाचार, मनी लउन्डरिङ र कर नतिरको आरोप सामना गर्दै आएका छन्।
गोप्य ढंगले सम्पत्ति किन्न शक्तिशाली र धनाढ्य मानिसहरुले कसरी कानुनी रुपमा कम्पनीहरु स्थापना गर्छन भन्ने ठूलो रहस्य पनि दस्तावेजले खुलासा गरेको छ।
दस्तावेजले करिव ९५ हजार अफसोर कम्पनीका मालिकहरुको नाम पनि खुलासा गरेको छ।
बीबीसी पानारोमाले गार्जियन र अन्य संचारमाध्यमसँग मिलेर १४ वित्तिय सेवा कम्पनीका करिब १ करोड २० लाख कागजपत्र र दस्तावेजमा पहुँच पाएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया