एकता कपुरको बिहेको हल्ला

टेलिभिजन क्वीनको उपाधि पाएकी निर्माता–निर्देशक एकता कपुर छिट्टै वैवाहिक बन्धनमा बाँधिन लागेको खबरले अहिले भारतीय मिडिया तातेको छ। 

एकताले हालै सोसल मिडियामा आफ्नो साथी तनवीर बुकवालासँग खिचेको फोटो पोस्ट गरेकी थिइन। उनले लेखेकी छिन्, ‘हामी यहाँ छौं। छिट्टै तपाईहरूलाई सबै बताउँछौं।’

एकताको फोटोमा तनवीरले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘यो दोस्तीलाई रिस्तेदारीमा बदल्ने बेला आएको छ।’ तनवीरको कमेन्टपछि विवाहको हल्ला उडेको हो। तनवीर पेशाले लेखक हुन्। उनले वेभ सो ‘फितरत’ का लागि काम गरिसकेका छन्। 

४५ वर्षकी एकताले बिहे नगरेपनि जनवरी २०१९ मा सरोगेसीबाट एउटा बच्चाको आमा बनेकी थिइन। उनले छोराको नाम रवी राखेकी छिन्। वास्तवमा एकताका बुवा तथा पूर्व स्टार जितेन्द्रको पुरानो नाम नै रवी हो।

 एकताका भाई तुषार कपुरले पनि बिहे गरेका छैनन्। उनी पनि सरोगेसीमार्फत बुवा बनेका छन्। उनको छोराको नाम लक्ष्य हो।

प्रकाशित मिति: : 2020-12-17 09:47:00

प्रतिकृया दिनुहोस्