माओवादी महाधिवेशन

प्रचण्डसँगै 'जनयुद्ध' लडेका शीर्ष नेता महाधिवेशनमा अनुपस्थित

नेकपा (माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ। महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो।

महाधिवेशनमा माओवादीका नेतासहित प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले महासचिव शङ्कर पोखरेल, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतको सहभागीता रहेको छ।

महाधिवेशनमा देशभरबाट १६ सय बढी प्रतिनिधिको सहभागिता रहेको छ। नयाँ क्रान्ति विचार तथा नयाँ पार्टी निर्माणको लागि एतिहासिक महाधिवेशन नाम दिएको यो महाधिवेशनमा उत्साह साथ नेता कार्याकर्ता सहभागी छन्। यसैगरी अन्य पार्टीका शीर्ष नेताहरूले उपस्थित भएका छन्।

माओवादीले आफ्नो महाधिवेशनमा सहभागीताको लागि ११ दललाई निमन्त्रणा पठाएको थियो। जसमा धेरै पार्टीका शीर्ष नेताहरु सहभागी भएपनि अध्यक्ष प्रचण्डसँगै जनयुद्ध लडेका शीर्ष नेताहरुले सहभागीता जनाएका छैनन्।

जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफू नगएर अर्का अध्यक्ष उपेन्द्र यादवालाई पठाएका छन्। त्यस्तै धेरै सहभागीताको अपेक्षा गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पनि कार्यक्रममा आएका छैनन्।

यसैगरी, माओवादीबाट छुट्टिएर अन्य पार्टीको नेतृत्व गरेका नेताहरूसमेत सहभागी भएका छैनन्। माओवादीले वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतीलाई पनि निमन्त्रणा पठाएका पनि उनी सहभागी भएनन्। उनी पनि प्रचण्डसँगै जनयुद्ध लडेका थिए। त्यस्तै नेकपाला संयोजक मोहन वैद्य किरण पनि सहभागी छैनन्।

प्रकाशित मिति: : 2021-12-26 16:33:00

प्रतिकृया दिनुहोस्