करन जौहरलाई ड्रग्स मुद्धामा एनसीबीको पत्र

बलिउडमा व्याप्त ड्रग्स मुद्धामा चर्चित निर्माता–निर्देशक करन जौहरलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छानवीनका लागि पत्र काटेको छ।

भारतीय समाचार एजेन्सीका अनुसार करनको घरमा भएको पार्टीमा भाइरल भएको भिडियोको छानवीनका लागि पत्र काटिएको हो। 

उनलाई कहिले कार्यालयमा बोलाइएको हो, त्यसको मिति सार्वजनिक भएको छैन। गत वर्ष करनको पार्टीमा खिचिएको भिडियोमा सेतो पदार्थ देखिएको थियो। 

पार्टीमा दीपिका पादुकोण, मलाइका अरोडा, अर्जुन कपुर, शाहिद कपुर, वरुण धवन, जोया अख्तर, विकी कौसल, अयान मुखर्जी र रणवीर कपुर समावेश थिए। 

यसको भिडियो करन आफैले हेरेका थिए। यसअघि शिरोमणि अकाली दलका विधायक मनजिन्दर सिंह सिरसाले गत वर्ष मुम्बई प्रहरीले चिट्ठी लेखेर छानवीन गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति: : 2020-12-18 08:47:00

प्रतिकृया दिनुहोस्