तराई–मधेशमा चिसोः दिउसै हेडलाइट बाल्दै गाडी कुदाउँदै (फोटोफिचर)

केही सातादेखि मौसममा आएको स्वभाविक परिवर्तनले नेपालको तराई भागमा चिसो बढेको छ। यहाँ बिहानैदेखि बाक्लो हुस्सु लाग्न थालेको छ। बाक्लो कुहिरोको कारण घाम लागेको छैन भने चिसोका कारण जनजीवन थप कस्टकर बन्न थालेको छ। 

बाक्लो हुस्सु र कुहिरोको कारण पूर्व–पश्चिम राजमार्गमा भिजिविलिटि पनि कम भएको छ। 

यसले सवारी साधनहरु दिउसै हेडलाइटको सहारामा बिस्तारै गुडेको देखिन्छ। बुटवल र भैरहवा आसपासका क्षेत्रमा आज बिहानदेखि बाक्लो हुस्सु र शितलहर बढेपछि मान्छेको आवतजावत समेत प्रभावित बनेको छ। कठ्याग्रिँदो चिसोले तराई–मधेशका जनजीवन थप कष्टकर बनेको छ।

बाटोमा मानिसको चहलपहल कम छ, बच्चाहरू कक्रिदैँ स्कुल हिँडेका छन् भने मजदुरहरू चिसोमा काम गर्न बाध्य छन्।

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा तराई र मधेशका अधिकांश भू–भागसहित प्रदेश न–२ तथा प्रदेश न–१ का अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुलेटिनअनुसार तराईका केही ठाउँहरुमा आज बिहान ८:४५ बजेको मौसमी अवस्थाः

No description available.बाक्लो हुस्सु र कुहिरोसँगै शितलहरका कारण तराईमा अत्याधिक चिसोले बर्षेनी सयौं नागरिकको मृत्यु हुने गरेको छ। शीतलहरले ग्रामिण क्षेत्रका बालबालिका, वृद्धवद्धा एवं अशक्त मानिस बढी प्रभावित हुने गरेका छन्।

चिसोबाट वच्न बाक्लो तथा न्यानो कपडा लगाउनुको साथै तातो र झोलिलो आहार खान चिकित्सकले सुझाब दिएका थिए। चिसो र शितलहरका कारण खासगरी गरीब, दलित, विपन्न मानिसहरु कठयाङ्ग्रिएर बर्षेनी सयौंको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ। 

केही दिनयता मात्र प्रदेश नम्बर २ मा जाडोले ४ जनाको निधन भएको थियो।


 

प्रकाशित मिति: : 2020-12-18 17:16:00

प्रतिकृया दिनुहोस्