‘चिनी मिलकै कारण जोगी भएँ’

गोरखापत्र

काठमाडाै‌ं

शिवा तामाङ

काठमाडौँ, पुस ४ गते । ‘‘काम गर्ने दाहिने हातमा स्टिलको पातो हालेदेखि मैले खेतीकिसानी मात्र होइन गृहस्थ जीवन नै त्यागेँ । अन्य व्यक्ति किन जोगी हुन्छन्, त्यत्ति थाहा भएन तर म चाहिँ खेती गरेर खाने हातका लागि धेरै खर्च र दैनिकी धान्न नसकेर बिरक्तिएँ ।’’
माइतीघरमा धर्ना दिइरहेका उखु खेतीले बिचल्लीमा परेका किसान आन्दोलनमा ऐक्यबद्धता जनाइरहनुभएका सर्लाही, सिसौटिया–११ का रामानन्द यादवको अनुभूति हो यो । उहाँ ठिही नधान्ने गेरु वस्त्र, मागी खाने भाँडा र लौरोसहित किसानको त्यो आन्दोलनमा हरेक दिन सहभागी हुनुहुन्छ ।
गुलियो रस आउने नगदे बाली भनिने उखु रोपेर नुनिलो आँसु रोइरहेका किसानबीच एकजना गेरु वस्त्रमा सहभागी भेटिएपछि उहाँका बारेमा जान्ने उत्सुकता जाग्यो । संसारप्रतिको मोह त्यागेर घुमी हिँड्ने जोगीको प्रवृत्तिभन्दा फरक यादव किसान आन्दोलनमा देखेर उहाँसँग जिज्ञासा जिज्ञासा राख्दा उहाँले आफू जोगी हुनुपरेको कारण खोल्नुभयो ।
त्यसपछि उहाँले उखु खेतीका कारण आफू जोगी हुनुपरेको विवरण सुनाउन थाल्नुभयो । गत वर्ष माइतीघरमै धेरै दिन चलेको उखु किसानको आन्दोलनमा सहभागी भएर घर फर्किने क्रममा घाइते हुनुभयो ।
उखुको ३३ हजार रुपियाँ बक्यौता लिन सर्लाहीदेखि राजधानीको माइतीघरसम्म सास्ती बेहोरेर सरकार र चिनी मिल साहूको आश्वासन लिएर घर जाँदा बाटामै दुर्घनामा परेपछि घरको सट्टा वीर अस्पतालको ट्रमा सेन्टर फर्किनुप¥यो ।
डाक्टरले उहाँको दाहिने पाखुरामा स्टिलको पाता राखेर उपचार गर्दाको खर्च साढे दुई लाख रुपियाँ लाग्यो । नाजुक आर्थिक अवस्थाका कारण उखुको पैसा पाउन आन्दोलनका लागि घरबाट निस्कन पनि चर्को ब्याजमा ऋण लिनुप¥यो ।
चिनी मिलका साहूले २०७१ सालदेखिकै पैसा नदिएर दुःख दिएको छ । हातको उपचार गर्न घरको सारा सामान बिक्री गर्नुपरेको बताउनुभयो ।

प्रकाशित मिति: : 2020-12-19 08:10:00

प्रतिकृया दिनुहोस्