प्रचण्डसँग संवाद गर्न प्रधानमन्त्री ओली १० बजे खुमलटार जाने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्न अहिले १० बजे उनको निवास खुमलटार जाने भएका छन् ।

नेकपाको जारी विवादलाई मत्थर पार्ने प्रयास स्वरुप ओली प्रचण्डसँग संवादका लागि उनको निवास जान लागेका हुन् ।

पेरिशडाँडास्थित साविक माओवादी केन्द्रीय कार्यालयमा भएको प्रचण्ड-नेपाल पक्षको प्रदेश १ को भेलापछि प्रचण्ड शुक्रवार साँझ ५ बजे प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार पुगेका थिए ।

शनिवार बस्ने नेकपा स्थायी कमिटीको बैठकको तयारी स्वरुप दुवै नेताबीच भेट हुन लागेको हो ।

दुई अध्यक्षबीच सहमतिको मध्यस्थता गरिरहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री ओली खुमलटार जाने कुराको पुष्टि गरे ।

‘उहाँले अस्तिदेखि प्रधानमन्त्रीलाई खुमलटारमा निम्ता गरिराख्नु भएको थियो, त्यसै अनुसार हिजोको संवादमा आज खुमलटार आउने सहमति भएको हो’ नेम्वाङले बिएल नेपाली सेवासँग भने ।

उनले विवाद समाधानमा यो भेट महत्वपुर्ण रहेकोे पनि बताए ।

प्रकाशित मिति: : 2020-12-19 08:49:00

प्रतिकृया दिनुहोस्