रेमो डिसुजा अस्पतालबाट डिस्चार्ज

एक साता अस्पताल भर्ना भएपछि कोरियोग्राफर रेमो डिसुजा शुक्रबार डिस्चार्ज भएका छन्। उनलको मुटुमा एन्जियोप्लास्टि गरिएको थियो। मुटुमा ब्लकेज देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। 

४६ वर्षका रेमोको हालखबर बुझ्न उनका साथीहरू अस्पतालदेखि घरसम्म पुगेका थिए। उनलाई ११ डिसेम्बरमा हार्टअट्याक भएको थियो। 

एक घण्टा लामो सल्यक्रियापछि उनको अप्रेसन सफल भएको थियो। अमिताभ बच्चनले पनि उनको स्वास्थ्य सुधारको कामना गरेका थिए। 

रेमो बलिउडको टप कोरियोग्राफरमा पर्छन।

प्रकाशित मिति: : 2020-12-19 20:45:00

प्रतिकृया दिनुहोस्