कोहलीको एउटा रेकर्ड भंग

बिएल संवाददाता

काठमाडाै‌ं

अस्ट्रेलियाविरूद्ध पहिलो टेस्ट ८ विकेटले गुमाएपछि भारतीय कप्तान विराट कोहलीको एउटा कीर्तिमान भंग भएको छ।

 कोहलीले टस जितेको टेस्ट अहिलेसम्म हारेका थिएनन्। 

तर, एडिलेटमा टस जितेर पनि उनी पहिलो पल्ट पराजित हुन पुगे। कोहलीले २०१५ देखि भारतको टेस्ट टोली सम्हालेका हुन्। 

यसबीच उनले २६ वटा टस जितेका छन्। यसमा उनी २१ टेस्टमा विजयी तथा ४ टेस्टलाई ड्रमा राख्न सफल भएका थिए। 

एडिलेट नै उनको पहिलो हार थियो।

प्रकाशित मिति: : 2020-12-19 20:49:00

प्रतिकृया दिनुहोस्