सुशान्तको बुवा अस्पतालमा

अभिनेता सुशान्त सिंह राजपूतका बुवा केके सिंह अस्पतालमा भर्ती भएका छन्। 

६ महिनाअघि सुशान्तको मुुम्बईस्थित आफ्नो अपार्टमेन्टमा निधन भएको थियो। 

केन्द्रीय जाँच एजेन्सी (सीबीआई) ले उनको निधनको विषयमा विगत ४ महिनादेखि छानवीन गरिरहेको छ। तर, अहिलेसम्म केही पत्ता लागेको छैन। 

सुशान्तका बुवालाई मुटुुको समस्या भएपछि फरिदाबादस्थित एक अस्पतालमा भर्ना गरिएको छ। 

उनले छोराको हत्या भएको भन्दै बिहार राज्यको पटनामा मुद्धा दर्ता गरेका थिए। यही मुद्धाको आधारमा सीबीआईले सुशान्तको आत्महत्याको छानवीन गरिरहेको छ।

प्रकाशित मिति: : 2020-12-21 08:24:00

प्रतिकृया दिनुहोस्