यसरी त कसरी चल्ला र देश ?
बिएल विशेष संवाददाता
नेपाल आयल निगमका महाप्रवन्धक सुरेन्द्र पौडेलले डिपो प्रमुखहरुसँग मासिक २ देखि ५ लाख रुपैयाँसम्म असुली गर्ने गरेको रहस्य खुलेको छ।
महाप्रवन्धक पौडेलले अरबौँ रुपैया अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा उनले डिपो प्रमुखसँग मासिक असुली गर्ने गरेको उल्लेख गरिएको छ।
उजुरीमा भनिएको छ, ‘महाप्रवन्धक पौडेलले सेटिङ गरेर डिपो प्रमुखहरु सरुवा गर्ने गरेको र मासिक रुपमा पैसा असुल गर्ने गरेका छन्।’
११ वटा पेट्रोल र ८ वटा हवाई ईन्धन गरि नेपाल आयल निगमको देशभर १९ डिपो छ।
अमलेखगञ्ज र थानकोट डिपो मालदार डिपो मानिन्छन्। अमलेखगञ्ज डिपोमा भरत रेग्मी र थानकोट डिपोमा प्रदिप यादव प्रमुख छन्। यी दुवै डिपो प्रमुखले महाप्रवन्धक पौडेललाई मासिक ५ लाख रुपैयाँ बुझाउँदै आएको स्रोतको दाबी छ।
अन्य डिपो प्रमुखले पौडेललाई मासिक ३ लाख रुपैयाँसम्म बुझाउँदै आएको निगम स्रोत बताउँछ। चार्टर्ड अकाउन्टेन्ट समेत रहेका महाप्रवन्धक पौडेलले बाहिर आफू स्वच्छ भएको भ्रम छरेर डिपो प्रमुखसँग मासिक रुपमा असुली गरिरहेका छन्।
‘पौडेल कम्बल ओढेर घिउ खाने मान्छे रहेछन्’, एक डिपो प्रमुखले नाम उल्लेख नगर्ने सर्तमा भने।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया