प्रचण्ड पक्षकाे केन्द्रीय कमिटी बैठक: नेपाल नयाँ अध्यक्ष, ओलीमाथि कारवाही

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ। 

मंगलबार बिहान बसेको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको हाे।

उक्त निर्णय अहिले केन्द्रीय कमिटीले पास गर्नेछ।

नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। यसअघि ओली र प्रचण्ड अध्यक्ष थिए। 

यता ओलीलाई असंवैधानिक कदम चालेर देशलाई अस्थिरतामा धकेलेको अभियोग लगाउँदै उनीमाथि पार्टीको सदस्य नरहने गरी कारवाही गरिने भएकाे छ।

प्रकाशित मिति: : 2020-12-22 14:39:00

प्रतिकृया दिनुहोस्