तस्करी संलग्न अपाङ्गलाई पुनर्स्थापना गरिने

अपाङ्गतालाई दुरूपयोग गर्दै तस्करीमा सक्रिय सिरहाका केही अपाङ्गले गरिरहेको तस्करी सशस्त्र प्रहरीले रोकेको छ। 

सशस्त्र प्रहरी सिरहाका एसपी दिपेन्द्र गिरीको सक्रियतामा उनीहरूको तस्करी रोकिएको हो।

सिरहाको माडर हुँदै केही अपाङ्गता भएका व्यक्तिले स्कुटर प्रयोग गरेर भारतबाट गैरकानुनी रूपमा मालसमान ल्याउने गरेको पाइएको छ। 

एसपी गिरीले भने, ‘उनीहरूले एक पटकमा एक लाख रूपैयाँसम्मको मालसमान राजस्व छलेर ल्याउने गरेकाले रोकेको हो।’

तस्करी गर्न नपाएपछि ती अपाङ्गले आइतबार प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेँललाई भेटेर तस्करी गर्न पाउनुपर्ने माग नै गरे।

प्रजिअ कणेँलले उनीहरूलाई पुनस्थापना गर्न सहयोग गर्ने तर गैरकानुनी रूपमा भारतबाट मालसमान ल्याउन नदिने जानकारी दिए।

प्रकाशित मिति: : 2020-12-22 15:18:00

प्रतिकृया दिनुहोस्