नेकपा संसदीय दलको बैठक आज बस्दै, ओलीलाई नेताबाट हटाउने तयारी

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाको संसदीय दलको बैठक आज बस्दैछ।

पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षका सांसदहरु बुधबार संसदीय दलको बैठकका लागि बानेश्वरस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्न लागेकाे हाे।

प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तयारी गरेको छ।

प्रचण्ड–नेपाल पक्षको मंगलबार भएको केन्द्रीय समिति बैठकले नेकपाका बहुमत सांसदहरुको समर्थन रहेको दाबी गर्दै अध्यक्षबाट ओलीलाई हटाएर नेता नेपाललाई अध्यक्षमा नियुक्त गरेको थियो।

आज नै आफूहरु नै आधिकारिक नेकपा रहेको दाबीसहित प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग जाने तयारीमा पनि छ।

यसअघि नै ओली पक्षले मंगलबार आफ्ना केन्द्रीय सदस्यहरुको नामावलीसहित निर्वाचन आयोगमा आफूहरु आधिकारिक भएको दाबी गरेको छ।

प्रकाशित मिति: : 2020-12-23 06:07:00

प्रतिकृया दिनुहोस्